लिम्बुवानको बन्दमा समाचार दिन्छु भन्दै प्रेसको गाडीमाथि तोडफोड

पुस २७ ।  अरुण पूर्वको नौ जिल्लालाई लिम्बुवान राज्यको माग गर्दे संघीय लिम्बुवान पार्टी नेपालले आइतबार पूर्वाञ्चल बन्द गराएको छ ।

बन्दका कारण तयस क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

बन्दकर्ताले प्रेसमाथि पनि हस्तक्षेप गरेका छन् । उनीहरुले इटहरीबाट प्रसारण हुने एक टेलिभिजनको गाडी आइतबार दिउँसो तोडफोड गरेका हुन ।

 अगाडि प्रेस लेखेर सडकमा गुडिरहेका सवारीसाधनलाई जबरजस्ती रोकेर सवारीभित्र रहेका सबैलाई ओरालेर समाचार दिनुछ भनी अली पर लगी मोटरसाइकलमा सवार दुइजनाले ढुङ्गाले हानेर फरार भएको बताइएको छ ।

तोडफोडको क्रममा गाडीको अघिल्लो भागको सिसा फुटेको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।