पुस । नेकपा एमालेका अध्यक्ष केपी ओलीको अभिव्यक्तिलाई लिएर उनको पुत्ला दहन गरिएको छ ।
ओलीले अपमानजनक अभिव्यक्ति दिएको भन्दै सद्भावना पार्टीका कार्यकर्ताले बिहीबार पुत्ला दहन गरेका हुन् ।
नयाँ बानेश्वरमा सद्भावनाका कार्यकर्ताले पुत्ला दहन गरेका छन् । सो क्रममा उनीहरुले केपी ओली विरुद्ध नाराबाजी समेत गरेका थिए ।
यस्तै, संघिय लोकतान्त्रिक गठबन्धन रौतहटका कार्यकर्ताहरुले बिहिवार जिल्ला अदालत गौर अगाडीको मुख्यचौकमा पुत्ला दहन गरेका छन् ।
बुधबार चार राजनीतिक शक्तिको बालुवाटार बैठकमा सदभावनाकाअध्यक्ष राजेन्द्र महतो द्धारा झापा,मोरंग, सुन्सरी,कैलाली,कञ्चनपुरलाइ मधेश वा थरुहटक्षेत्रमा राख्न गरीएको प्रस्तावमा ओलीले युपी,
बिहारमा मिलाउने भनी अपमानित ढंगले जवाफ दिएको भन्दै गठबन्धनका कार्यकर्ताहरुले बिरोध गर्दै आएका छन् ।
संघिय लोकतान्त्रिक गठबन्धनले ओलीले माफी माग्नुपर्ने माग राखेका छन् भने ओलीले भने माफी नमाग्ने बताएका छन् ।