विराटनगर, २३ मङ्सिर । एकीकृत नेकपा माओवादीका सचिव गिरिराजमणि पोखरेलले सहमतिको संविधान जारी गर्न नेपाली कांग्रेस र नेकपा एमालेले अघिसारेको सात तथा आफूहरूले भनेको १० प्रदेश सङ्ख्यामा घटबढ गर्नुपर्ने बताएका छन् ।
क्रान्तिकारी पत्रकार सङ्घ मोरङको आयोजनामा मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले राज्य पुनःसंरचना तथा प्रदेश सङ्ख्यामा अधिकतम लचकता अपनाउन आफ्नो पार्टी तयार रहेको बताए ।
सचिव पोखरेलले सरकार परिवर्तन गर्नेभन्दा पनि प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमै दलहरूको सहमतिमा संविधान बन्नुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरे ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।