मंसिर २१ । समयले आइतबारको मध्याह्न बजाउन लागेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा माओवादी नेतृत्वमा रहेको जनवर्गीय तथा जातीय क्षेत्रीय मोर्चाहरु सम्मिलित संयुक्त जनसमिति नेपालका प्रतिनिधि ज्ञापन पत्र बुझाउन भित्र छिरे । बाहिर भने सञ्चारकर्मी कुरिरहेका थिए ।
त्यतिकैमा भित्रबाट क्यामेराम्यानहरु आउनुस् भनेर बोलाईयो । दर्जनको हाराहारीमा क्यामेराम्यानहरु भित्र छिर्दा भने दृश्य गज्जबको थियो ।
ज्ञापनपत्र बुझाउन त्यहाँ पुगेका माओवादी प्रवक्ता तथा मोर्चा संयोजक पम्फा भुसाल, केन्द्रीय सदस्यहरु पवनमान श्रेष्ठ, महेश्वर दाहाल लगायतको टोली एकातिर थियो भने अलग्गै बसेका प्रधानमन्त्री भने उठेर ज्ञापन पत्र बुझाउन पुगेका मोर्चा संयोजक भुसाल बसेको ठाउँमा पुगेका थिए ।
ज्ञापन पत्र बुझाउन प्रधानमन्त्री बसेको ठाउँसम्म जान लागेकी भुसाल पनि कोइराला नै उठेर आएपछि आफ्नै ठाउँमा उठेर ज्ञापन पत्र दिएकी थिइन् । त्यसपछि कोइरालाले त्यो ज्ञापनपत्र लिएर आफ्नो ठाउँमा बसेका थिए ।
विषय सुन्दा सानो जस्तो भएपनि पदिय हिसाब तथा व्यवाहारिक रुपमा प्रधानमन्त्रीको उक्त क्रियाकलाप निक्कै लज्जास्पद मानिन्छ । प्रधानमन्त्री जस्तो पदमा बसेको मान्छेले यति कुरा नजानेको हो भने त झनै लाजमर्दो कुरा हो ।
दुई पक्षबीच पहिले नै केही कुरा भईसकेको र मिडियालाई ज्ञापन पत्र बुझाउँदै गरेको फुटेज तथा फोटो दिने उद्देश्यले पत्रकारहरुलाई भित्र बोलाएको हो भने पनि ज्ञापनपत्र बुझाउन जाने मोर्चाका नेताहरु, प्रधानमन्त्री स्वयं तथा उनका सल्लाहकारको त्रृटि देखिन्छ ।
जतिबेला, संयोजक भुसाल उठेर प्रधानमन्त्रीसम्म पुग्नुपथ्र्यो, प्रधानमन्त्री कोइराला आफू बसेको ठाउँमा नै उभिनु पर्थ्यो । झुक्किएर प्रधानमन्त्री भुसालसम्म पुगेका हुन् भने पनि उनका सल्लाहकारले पदिय लज्जाबोध हुनबाट रोक्न प्रधानमन्त्रीलाई संकेत दिनुपथ्र्यो कसैले केही गरेनन् र दृश्य हास्यस्पद र लाजपर्दो भयो ।
प्रधानमन्त्री निवास वालुवाटारमा यसरी बसेका छन् प्रधानमन्त्री र ज्ञापनपत्र बुझाउन पुगेका मोर्चा सम्बद्ध नेता गण ।
ज्ञापनपत्र पनि त्यहीँ नेर हेर्छन प्रधानमन्त्री ।
त्यसपछि आफ्नो कुर्सीमा फर्किन्छन् प्रधानमन्त्री । अरु हाँसीरहेका छन् ।
Comments