हेलोखवर सम्वाददाता
  जाजरकोट, २१ मंसीर । सदरमुकाम देखी रिम्ना सम्मको भाडा दर घटेपनि रिम्ना देखी जाजरकोट सदरमुकाम सम्म भाडा दर नघटाउदा दैनिक किचलो हुने गरेको छ ।

केही दिन अघि जिल्ला सदरमुकाममा भएको सर्वपक्षिय वैठकले खलंगा देखी रिम्ना सम्म १ सय ३५ रुपैया भाडा दर निर्धारण गरी लागु गरेपनि रिम्ना वाट खलंगामा पुरानै भाडा रु १ सय ५० लिदा यात्रु र टिकट काउन्टरमा रहेका समिति वीच झगडा हुने गरेको छ । सुक्रवार जाजरकोट सदरमुकाम वाट रिम्ना जाँदा रु १सय ३५ मा टिकट काटेका खगेनकोट वडा नं ६ का हेमराज चदारा घरवाट शनिवार सदरमुकाम खलंगा फर्कदा रिम्ना स्र्थीत टिकट काउन्टरमा रु १ सय ५० माग्दा अचम्मा परेको जानकारी दिनुभयो ।

२ दिन अघि त्यहीवाटोमा १ सय ३५ थियो आज कसरी १ सय ५० भयो भनेर उहाँ टिकट काट्नलाई वसेका कर्मचारी संग रिसाउनुभयो । चदारालाई  खलंगावाट भाडा घटाएपनि हामी रिम्ना वाट घटाउदैनौ कसले के गर्छ भनेपछि उहाँ नजवाफ भएर सदरमुकाम फर्कनु भयो ।

दैनिक रिम्ना वाट तोकिएको भाडा भन्दा रु १५ रुपैया वढी सुल्क लिएर भाडा काट्दा यात्रुहरु मर्कामा परेका छन । यहाँ भेरी गंगा वस व्यवसायीक समिति र मध्यपश्चिम यातायाका वस हरु चल्ने गर्दछन ।

एकै ठाउँको भाडा फरक फरक हुदा सम्म समन्धित निकायले कुनै पनि चाँसो नदेखाउदा यात्रुहरु दैनिक ठगीनु परेको छ । विहान सदरमुकामवाट प्रतियात्रु १ सय ३५ रुपैया भाडा लिएर रिम्ना वस जान्छ भने वेलुका उही वस प्रतियात्रु १ सय ५० रुपैया भाडा लिएर खलंगा फर्कने गरेको छ । सदरमुकाम खलंगावाट रिम्ना १६ किलोमिटरको दुरी रहेको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।