मंसिर २१ । कुख्यात अन्तर्राष्ट्रिय आतंकवादी संगठन अलकायदाको सहयोगीको आरोपमा काठमाडौंबाट  २० जना पक्राउ परेका छन् ।
अलकायदा सम्बद्ध ब्यक्तिले धर्मको आवरणमा नेपालमा बसेर आतंकवादी आक्रमण योजना बनाइरहेको सूचनाका आधारमा सुरक्षा निकायले उपत्यकाबाट विदेशीसहित २० जनालाई पक्राउ गरेको खबर नागरिक दैनिकमा छ । 
शुक्रबार प्रहरीको विशेष अप्रेसनमा पक्राउ पर्नेमा १२ भारतीय, ५ पाकिस्तानी र २ नेपाली छन् । 
आतंकवाद र अन्दरदेशीय अपराध हेर्ने प्रहरीको विशेष ब्युरो र महानगरीय प्रहरी अपराध महाशाखाले शुक्रबार दिउँसोबाट राती अबेरसम्म विेशष अप्रेसन संचालन गरी काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाइ नियन्त्रणमा लिएको हो । विश्वस्त स्रोतका अनुसार उनीहरु कल्की अवतार फाउन्डेसन नामक संस्थाको आडमा नेपाल बसेर योजना बनाइरहेको सूचना प्रहरीसमक्ष पुगेको थियो ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।