मोरङ १९ मङ्सिर । घर भाडामा लिएर वेश्यावृत्ति सञ्चालन गर्दै आएका एक दम्पतीसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । 
विराटनगर–१३ स्थित सोमबारे हाट नजिकै घर भाडामा लिएर महिनौँदेखि वेश्यावृत्ति सञ्चालन गर्दै आएका २५ वर्षीया सुष्मा राई उनको पति ३० वर्षीय सन्तोष कटुवाल र तीनजना युवतीलाई वडा प्रहरी कार्यालय विराटनगरको टोलीले शुक्रबार बिहान पक्राउ गरेको हो ।
सङ्खुवासभा सिद्धपोखरी–६ घर बताउने सुष्मा र भोजपुर घर बताउने सन्तोषले ग्राहकसँग सम्झौता गरेर रेस्टुरेन्टमा काम गर्ने महिलालाई बोलाएर वेश्यावृत्ति गराउने र केही युवतीलाई आफ्नो नातेदार बताउँदै घरमै राखेर यौनधन्दा चलाउने गरेको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोविन्दराज काफ्लेले बताए ।
खुलेआम हुँदै आएको यौन धन्दाले गर्दा आजित भएका स्थानीयवासीले प्रहरीलाई गोप्य सूचना दिएपछि घरमा निगरानी गरेर छापा मारेर उनीहरुलाई  पक्राउ गरेको प्रहरीले जनाएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।