गाईघाट १९ मङ्सिर । सहरी विकासमन्त्री डा. नारायण खड्काले अहिले राष्ट्रिय सरकार गठनको कुरा गर्नु असान्दर्भिक हुने बताएका छन् ।
 सदरमुकाम गाईघाटमा शुक्रबार बिहान प्रेस युनियन उदयपुरद्वारा आयोजित पत्रकार विशेष भेटघाटमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा खड्काले सरकार गठन  र गिराउने कुरा गर्दा अन्तर्राष्ट्रियस्तरमा नेपालको झनै बेइज्जत हुने र  संविधान निर्माणमा ढिलाइ हुने बताए ।
उनले एकीकृत नेकपा (माओवादी) सहित २२ दलीय मोर्चाले १० प्रदेशको माग गरे पनि नेपाली काँग्रेस, नेकपा (एमाले) लगायत दल सात प्रदेशको अवधारणाबाट आठदेखि नौ प्रदेशसम्म जान तयार छन् भने । 
सो मोर्चा  एक प्रदेश घटेर नौ प्रदेशमा झरे संविधान निर्माणको कुरा मिलिहाल्ने विश्वास नेता डा खड्काले व्यक्त गरे । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।