मंसिर १६ । युएइमा मृत्युदण्ड सुनाइएका अनीश खालिङलाई बचाउन देशबिवदेशमा रहेका नेपालीहरुले सहयोग गरे । चाहिने भन्दा तीन गुणा बढी रकम उठ्यो । अनिस खालिङ बचाउ अभियानले परराष्ट्र मन्त्रालय हुदै नेपाली दुताबास युएईमा पठाइदियो ।
त्यो रकम लिएर नेपाली दुताबासका अधिकारी अदालतमा पुग्दा एउटा अचम्मको सुचना सुनियो,ब्लडमनी स्वरुप बुझाउनुपर्ने रकम कसैले बुझाइदिएछ । कसले बुझाइदियो होला त्यो रकम त्यो पनि थोरै होइन , करिव १ करोड नेपाली बराबर ।
‘हामी तीन लाख र पाँच हजार रियालको दुई वटा चेक बुझाउन अदालत पुगेका थियौ, युएईका लागि नेपाली राजदुत धनन्जय झाले भने अदालतले कसैले रकम बुझाइसकेको छ भन्दै चेक फिर्ता गरिदियो । रकम बुझाउने ब्यक्तिबारे केही बताएको छैन् ।
दुताबासलाई पनि ब्लडमनि बुझाउने ब्यक्तिबारे केही थाहा छैन उनका अनुसार एकमहिना अगाडि ब्लडमनि बुझाइसकेको हो । कसले पैसा तिरिदियो भन्ने विषयमा केही उल्लेख नभएको खबर कान्तिपुर दैनिकमा छ ।
पाकिस्तानी नागरीकलाई हत्या गरेको पुष्टि भएपछि युएई अदालतले डेढ बर्षअघि मत्स्यपोखरी ३, संखुवासभाका खालिङलाई मृत्युदण्डको सजाय सुनाएका थिए । कमजोर आर्थिक स्थितीको खालिङ परिवारले उनलाई बचाउन ब्लडमनि संकलनको लागि अभियान नै शुरु गरेका थियो ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।