हेलोखवर सम्वाददाता
 जाजरकोट १२ मंसिर । नेपाल प्रेस युनियन भेरी अञ्चलले शुक्रवार दिउसो अञ्चल समिति विस्तार गरेको छ । प्रेस युनियनको विधान अनुसारनै अञ्चल समिति विस्तार गरेको हो ।
भेरी अञ्चल संयोजक राजेन्द्र कार्कीको संयोजकत्वमा ९ सदस्य अञ्चल समिति विस्तार गरिएको नेपाल प्रेस युनियन केन्द्रिय सदस्य तथा भेरी अञ्चल संयोजक राजेन्द्र कार्कीले वताए ।
संयोजक कार्कीकानुसार पदेन सदस्यहरुमा जाजरकोटवाट जनक केसी, बाँकेवाट जयनारायण शाह, सुर्खेतवाट नरेश थापा, बर्दियावाट विनयराज भण्डारी र दैलेखवाट भुपेन्द्र शाही रहेका छन् ।
पदेन सदस्यमा सवै नेपाल प्रेस युनियन जिल्ला शाखाका अध्यक्षहरु रहेका छन् भने मनोनित सदस्यमा सुर्खेवाट सविता कोईराला, वर्दियावाट यादव आचार्य र दैलेखवाट सुर्यबहादुर विश्वकर्मा रहेका छन ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।