मंसिर ७ । सरकारले सार्क शिखर सम्मेलनका विषयमा भोलिदेखि जोड बिजोर प्रणालीमा मात्रै सवारी चलाउने दिने भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले सूचना जारी गर्दै  मंसीर ८, १० र १२ गते जोर नम्बर प्लेट भएका तथा ९ र ११ गते दूई दिन विजोर नम्बर प्लेट भएका सवारी साधनहरु मात्र सञ्चालन गर्न पाउने जनाएको छ । नियम विपरित सवारी चलाएमा कानुनी कारबाही हुने जनाइएको छ ।
यसैगरी, पर्सी अर्थात ९ गतेदेखि १२ गतेसम्म उपत्यकाका लागि शैक्षिक संस्था बन्द गर्ने निर्णय सरकारले गरेको छ । 
१० र ११ गते भने सार्वजनिक बिदा दिइएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।