काठमाडौँ, ३ मङ्सिर । एकीकृत नेकपा माओवादी निकट संयुक्त राष्ट्रिय मोर्चाले परिवर्तन र पहिचानलाई संस्थागत गर्न सहभागिताका आधारमा संविधान जारी गर्न आग्रह गरेको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा माओवादी नेता गोपाल किरातीले वर्गीय क्षेत्रीय, तथा उत्पीडनमा पारिएका समुदायको अधिकारलाई सम्बोधन गर्न बहुजातीय नभई सहभागिताका आधारमा माघ ८ मा संविधान जारी गर्न आग्रह गरे ।
एमाओवादीका केन्द्रीय सदस्य तथा सो पार्टी निकट मधेस फोर्स प्रमुख राजकुमार शर्माले एमाओवादी निकट संयुक्त राष्ट्रिय मोर्चाको मङ्गलबार बसेको बैठकका निर्णय सार्वजनिक गर्दै बहुमतका आधारमा संविधान जारी गर्न खोजिए सङ्घर्षमा जाने बताए ।
संयुक्त मोर्चाको बैठकले सङ्घर्षका निम्ति विभिन्न स्वयम्सेवक फोर्स निर्माण गरी प्रमुखसमेत तोकेको छ । जसअनुसार मधेस फोर्समा रामकुमार शर्मा, किरात फोर्समा सुरेशकुमार राई, तमुवान फोर्समा राजु काजी गुरुङलगायत प्रमुख हुनुपर्दछ ।
मोर्चाको बैठकले गणतान्त्रिक मोर्चा र पदमरत्न तुलाधार नेतृत्वको आदिवासी जनजाति मोर्चालाई सम्पूर्ण शक्तिका साथ सहयोग गर्ने निर्णयसमेत गरेको छ ।