कार्तिक २०, अमेरिकी राष्ट्रपति बराक ओबामालाई पछि पार्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विश्कै शक्तिशाली व्यक्ति बनेकाछन्  अमेरिकाबाट प्रकाशित हुने चर्चित पत्रिका  फोब्र्सले  सार्वजिनक गरेको  विश्वमका शक्तिशाली व्यmक्तिहरुको सूचीमा पुटिन विश्विकै पहिलो शक्तिशाली तथा प्रभावशाली व्यभक्ति ठहिरएका हुन् । सन् २०१३ को सूचीबाट ओबामालाई पछि पार्दै विश्व्कै पहिलो प्रभावशाली व्यनक्ति बन्नै सफल भएका हुन् । फोर्ब्सले निकालेको सूचीमा ओबामा अमेरिकी राजनीतिमा जति कम समयमा चर्चित बने उति नै कम समयमा कमजोर भनी उल्लेख गरिएको छ ।  
  फोब्र्स का अनुसार रुसी राष्ट्रपति पुटिनले रुसी राजनीतिमा १२ वर्षदेखि प्रभाव र दबाब कायम राख्दैस आएका छन् । सन् २०१२ मार्चमा भएको रुसको राष्ट्रपति पदमा पुटिन पुनस् निर्वाचित भएका थिए। तर, ओबामालार्इ भने अमेरिकामा बजेट र ऋण संकटले आएको आर्थिक कमजोर बनाएको उल्लेख गरिएको छ  
उता पुटिनले भने अमेरिकी पूर्वगुप्तचर एडवर्ड स्नोडनलाई रुसमा शरण दिएका थिए । स्नोडनले अमेरिकी गोप्य सूचना चुहाएपछि रुसमा शरण लिएका थिए । अमेरिकाले सिरियामा आक्रमण गर्ने खोज्दा रुसले सिरियामा रसायनिक हतियार नष्ट गर्ने योजना सफल पारेर सिरियामा हुने सम्भावित आक्रमण रोक्न सफल भएको थियो ।
शक्तिशाली ब्यक्तिको सूचीको तेस्रो नम्बरमा चिनियाँ राष्ट्रपति सि जिङ पिङ रहेका छन् । पोप फ्रान्सिस चौथो स्थानमा र जर्मन चान्सलर एंगेला मर्केल पाँचौं नम्ब रमा रहेकी छन्।  अमेरिकी फेडरल बैंककी गभर्नर जनेट एलेन छैटा नम्बरमा छिन् । विश्वकै धनी माइक्रोसफ्टका मालिक बिल गेट्स सूचीको सातौं नम्बरमा छन् ।
बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन भने शक्तिशाली सूचीको दशौं नम्बरमा छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पन्ध्रौं नम्बरमा पर्न सफल भएका  छन् ।
मोदीलार्इ १५ नम्बरमा राख्नुपर्ने कारणबारे फोर्ब्सले भनेको छ, ‘भारतका नयाँ रकस्टार बलिउडबाट नभई आमचुनावमा भारी जितका साथ कार्यभार सम्हाल्ने नवनिर्वाचित प्रधानमन्त्री हुन् ।’
(एजेन्सी)
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।