कार्तिक २१, काठमाडाैं ।  भारतको पश्चिम बंगाल र बिहारसंग सीमा जोडिएका नेपाली क्षेत्र आतंकवादीको ‘सेल्टर’ बनेको बंगालको गुप्तचर विभागले दावी गरेको छ ।

विभागले बंगाल सरकारलाई वुझाएको प्रतिवेदनमा नेपाली क्षेत्र आतंकवदीको गढ वनेको उल्लेख गरिएको छ ।‘ सिलिगुडीवाट प्रकाशित हिमालय दर्पण दैनिकले वंगाल गुप्तचर विभागको यस्तो रिपोर्ट बारे खुलासा गरेको हो । खुला सीमाको फाइदा  उठाउँदै  वंगलादेश र  पाकिस्तानी आतंककारीहरुले नेपाललाई ‘ट्रान्जिट’ बनाएर गतिविधि वढाएको गुप्तचरले दाबी गरेको छ । 

प्रतिवेदनमा भनिएको छ,‘उनीहरु बंगालको पानीटंकी र बिहारको गलगलियावाट भारत प्रवेश गर्ने योजनामा छन् । उसले बंगालमा प्रतिवन्धित आतंककारी संगठन कामतापुरी लिवरेसन अर्गनाइजेसन (केएलओ) संगको सम्पर्कमा विदेशी आतंककारी संगठनले गतिविधि वढाएको उल्लेख गरेके छ ।

वंगलादेशीसहित पाकिस्तानी आतंककारीहरुले नेपाललाई ‘ट्रान्जिट’ बनाएर गतिविधि वढाएको गुप्तचरले दाबी गरेको छ आतंककारी घुसपैठ आशंकामा केन्द्रीय गुप्तचर निकायले केही दिनयता पश्चिम बंगालसँग सीमा जोडिने अन्तर्राष्ट्रिय नाकामा विशेष जाँच सुरु गरेको छ । सार्क शिखर सम्मेलनका अबसरमा हुन लागेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणालार्इ लक्षित गरी सीमा क्षेत्रको सुरक्षा व्यवस्था चुस्त बनाउन भारतीय पक्ष लगि परेको छ । – आजको कान्तिपुर दैनिकमा खबर छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।