कार्तिक १९, काठमाडाैँ । पूर्वयुवराज
पारस प्रेमिकाको परिवारले नै आफूलाई योजनाबद्ध ढंगले फसाएको बताएका छन् । कमिसनको
लोभमा प्रेमिका र उनका भाइले आफुलाई पक्राउ गराएको दावी उनले गरेका छन् । पारसलाई
धरौटीमा रिहा गराउन कनिकाले नै थाई प्रहरी र पारसबीच मध्यस्थता गरेकी थिइन् ।
पूर्वयुवराज पारस करिब एक महिनाअघि लागूऔषधसहित बैंककमा पक्राउ परेका थिए ।
धरौटीमा छुटेका उनको अदालतमा मुद्दा चलिरहेको छ । पक्राउ पर्नुभन्दा अघिल्लो रातभर
थाई प्रेमिकासित झगडा परेको उनले आफ्नो फेसबुक पेजमा उल्लेख गरेका छन् ।
‘७ अक्टोबरको रातिदेखि भोलिपल्ट बिहानसम्म ती
युवतीसँग मेरो झगडा पर्यो, बिहान १२ बजेतिर मलाई उनकै नगरमा उनका भाइले पक्राउ गराए,’ पारसले मंगलबार आफ्नो फेसबुक पेजमा अंग्रेजीमा लेखेका छन् । अदालतमा मुद्दा
चलिरहेको यसबारे थप कुरा खोल्न नमिल्ने उनले उल्लेख गरेका छन् । थाई प्रहरीले सात
लाख भाट (करिब २० लाख नेपाली रुपैयाँ) घुस मागेको उनले
पारसका साथीहरुलाई बताएकी थिइन् ।
आजको नयाँ पत्रिका दैनिकबाट


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।