१९ कार्तिक, काठमाडाैँ । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले   आफू यतिबेला महाभारतका भीष्म को जस्तो मानोदशमा पुगेको बताएका छन ।
 एमाओवादीका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराइले मङ्गलबार राती आफ्नो फेसबुक पेज मार्फत यस्तो धारण राखेका हुन्  । भट्टराई अगाडि भन्छन् “भीष्म ले चाहेका भए आफ्नै दाजुभाइ बीचमा भएको बिनाशकारी युद्ध रोक्न सक्थे । तर हस्तिनापुरको राजसिंहासन जोगाउने आफ्नो यान्त्रिक प्रतिज्ञाका कारण उनले राज सभामा नातिनी बुहारी दौप्रदीको बस्त्रहरण हुँदा समेत टुलु–टुल हेरेर बसे, जसको कारण महाभारत युद्ध भयो” । 
महाभारत कालीन यो प्रसङ्गलाई उदारण दिँदै उनले महाभारत मा आफ्नै बंश बीच युद्ध  गरी बिनाशको बाटोमा गए जस्तै, अहिले बाह्रबुँदे सहमति यताका सहयात्री दलहरु एक–आपसमा द्वन्द्वको बाटोमा अघिबढ्दै अर्काे महाभारतको संघारमा उभिएको र अबको ुमहाभारतुले दुवै पक्षको विनास गर्ने र देश अतिवादीहरुको हातमा जाने र राष्ट्रिय स्वाधीनता र अखण्डता नै गम्भीर संकटमा पर्ने खतरा उत्पन्न भएको छ   भन्दै   सभापति  भट्टराई  चिन्ता व्यक्त गरेका छन् । 
 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।