१८  कार्तिक, मकवानपुर  । 
 महेन्द्र राजमार्ग अन्तरगत मकवानपुरको चुरियामाईमा  आज विहान एक ट्रक दुर्घटना हुँदा ७ जनाको ज्यान   जानुका साथै ९ जना घाइते भएका छन् इँटा बोकेर सर्लाहीबाट हेटौँडा तर्फ आउदै गरेको ना ४ ख १२५२ नं को ट्रक सडकबाट तल खसी दुर्घटना  परेको हो । दुर्घटनामा परी ट्रकमा सवार ७ जनाको घटनास्थलमै ज्यान गएको छ, भने ९ जना घाइते भएका छन् । मृतक मध्ये हालसम्म ६ जनाको सनाखत भएको र एक जनाको सनाखत हुन बाँकी रहेको मकवानपुर प्रहरीले जनाएको छ । घाइतेहरुको हेटौँडा अस्पतालमा उपचार भईरहेको प्रहरीले जवानकारी गराएको छ ।  दुङर्टना पछि चालक र सहचालक भने  फरार भएका छन् । दुर्घटनामा पर्ने सबै जसाे सर्लाही जिल्ला कै रहेकाे जानकारीमा अाएकाे छ । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।