कार्तिक १८, काठमाडाैँ । मन्त्री तथा प्रधानमन्त्रीहरुले विभिन्न बैठकहरुमा खाने गरेको खाजाको बील २ महिना मा २ लाख नाघेको छ को छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतको जानकारी अनुसार पछिल्लो दुई महिनामा खाजाको मात्रै बील २ लाख १३ हजार २० हजार रुपैयाँ उठेको छ ।
खाजामा भएको खर्चमध्ये ७० प्रतिशत भन्दा बढी खर्च बालुवाटारमा भएका विभिन्न बैठकको हो । सिंहदरबारमा भएका मन्त्रिपरिषद् बैठकमा भने कम खर्च हुने गरेको स्रोतले जानकारी दिएको छ । मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीले गर्ने अन्य बैठकका लागि आवश्यक पर्ने खाजा गौतम खाद्य सप्लायर्सले उपलब्ध गराउँदै आएको छ । मन्त्रिपरिषद् कार्यालय लेखा शाखा स्रोतका अनुसार बैठकमा उपस्थित मन्त्रीहरुले आ–आफ्नो रुची अनुसार शाकाहारी, मांसाहारी परिकारहरु र फलफूलहरू अर्डर गरी खाजा खाने गर्दछन् । उनीहरुले अर्डर गरे बमोजिमको परिकारहरु समोवेश गर्दा खाजाको प्रतिप्याकेट चार सय ५० रुपैयाँ सम्म खर्च हुने गर्दछ भने लञ्चको रूपमा खाने परिकारको प्रति पाकेट छ सय पचास पर्ने गरेको छ ।
अाजकाे नयाँ पत्रिका दैनिकबाट
Comments