परम्परागत यौन सम्पर्कले ढाड दुखाई कमी

कात्तिक १४ । परम्परागत अर्थात स्त्री तल र पुरुष माथि हुने सहवास गर्दा ढाड दुखाई निको हुने एक विश्वविद्यालयका चिकित्सकहरुले जनाएका छन् ।

क्यानडाको वाटरलू विश्वविद्यालयका चिकित्सकहरुले जनाए अनुसार ढाड दुख्ने समस्या भएकाहरुले परम्परागत सहवास गर्नु राम्रो हो ।

उनीहरुको एक अध्ययनका अनुसार शोधकर्ताहरुले पिठ्युँमा दुखाइ हुने महिलालाई पनि यो पोजिसन लाभदायक हुने बताएका हुन् ।

विश्वविद्यालयले शारीरिक सम्बन्ध बनाउने पोजिसनको विषयमा वृहत अध्यन गरेको थियो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।