कात्तिक १५ । एमाओवादी नेताहरुलाई धमाधम कारबाहीको सिफारिस गर्न थालिएको छ ।
पार्टी नेताकै उक्साहट र सम्लग्नतामा जिल्ल तहमा समानान्तर समिति निमार्ण हुन थालेको भन्दै एकीकृत माओवादीका तल्ला कमिटीहरुले केन्द्रीय सदस्यलाई कारबाहीका सिफारिस गर्न थालेका छन् ।
आन्तरिक विवाद समाधानका लागि कात्तिक २४ देखि केन्द्रीय समितिको बैठक बस्ने टुंगो लागेपछि संस्थापन र असन्तुष्ट पक्ष कारबाहीको माग गर्दै दबाबमा उत्रिएको खबर राजधानी दैनिकमा छ ।
अहिलेसम्म संस्थापन पक्षले भट्टराई पक्षीय नेतृ हिसिला यमी, गंगानारायण श्रेष्ठ, सोनामसिंह स्याङतान र रामरिजन यादवलाई कारबाहीको सिफारिस गरेको छ । त्यस्तै भट्टराई पक्षले नारायण दाहाल, हितबहादुर तामाङमाथि कारबाहीको माग गरेको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।