कात्तिक १३ । मलेसियाको किन्रारा एकेडेमी ओभलमा भएको आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको उपाधी भिडन्तमा नेपालले साविक उपविजेता युगान्डालाई ६२ रनले हराउँदै फेरि एक पट डिभिजन विजेता बनेको छ ।

 नेपालले डिभिजन थ्रीको उपाधि जितेको यो लगातार दोस्रोपल्ट हो ।
नेपालले टस जितेर ब्याटिङ गरी ४९ ओभर ५ बलमा सबै विकेट गुमाएर २ सय २३ रनको स्कोर बनाएको थियो । जवाफी ब्याटिङ थालेको युगान्डा ४४ ओभर १ बल खेल्दै १ सय ६१ रनमै अलआउट भयो ।
नेपालले समूह चरणको पहिलो खेलमा युगान्डासँग ब्योहोरेको २० रनको हारको बदला पनि सफल रह्यो ।
भुवन कार्कीले ८ ओभरमा ३९ रन दिएर ४ विकेट लिएपछि युगान्डा सस्तैमा समेटिएको हो । त्यस्तै, वसन्त रेग्मीले २ तथा शक्ति गौचन, सोमपाल कामी र सागर पुनले १(१ विकेट लिए ।
सुरुका तीन ब्इाटसम्यान सागर पुन, नरेश बुढाऐर र ज्ञानेन्द्र मल्लले अर्धशतक बनाएपछि नेपालले युगान्डाविरुद्ध मध्यम स्कोर खडा गरेको थियो ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।