पथरी, १३ कात्तिक । भाइटीकाका दिन बलात्कृत भएकी १३ वर्षीया बालिकाको अवस्था गम्भीर बन्दै गएको छ ।
मोरङ प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार बलात्कृत बालिकाको अत्यधिक रक्तश्राव भएका कारण अवस्था गम्भीर बनेको हो ।
मोरङ मधुमल्ला गाविस–२ की एक १३ वर्षीया बालिकालाई छिमेकी ४७ वर्षीय कृतिमान राईले भाइटीकाको राति घरमा कोही नभएको अवस्थामा बाहिर लगेर बलात्कार गरेको पीडितले प्रहरीमा दर्ता गरेको उजुरीमा उल्लेख छ ।
विराटनगरको कोसी अञ्चल अस्पतालमा उपचारमा संलग्न डा रञ्जीत सिंहका अनुसार अत्यधिक रक्तश्रावका कारण बालिकाको शरीरमा रगतको मात्रा एकदमै न्यून भएकाले बालिकाको अवस्था गम्भीर बन्दै गएको हो । राईलाई मोरङ प्रहरीले पक्राउ गरिसकेको छ ।
Comments