एमाओवादीको भागका चार सभाषद नियुक्त, स्व. बोगटीपत्नी पनि समावेश

असोज ३० । मन्त्रीपरिषदद्धारा नियुक्त हुने २६ सभाषद मध्ये एमाओवादीको भागमा परेका चार जना सभाषद नियुक्त भएका छन् ।

मन्त्रीपरिषदले नियुक्त गर्ने २६ सभासद मध्ये राजनीतिक भागबन्डाका आधारमा एमाओवादीको कोटामा चार जना सभासद परेका थिए ।

यसअघि एमाओवादीले रामयायाँ बोगटी, श्यामकुमार श्रेष्ठ, जनकराज जोशी र जनकबहादुर बुढालाई सभासद नियुक्त गर्न सिफारिस गरेको थियो ।

बोगटी एमाओवादीका दिवंगत उपाध्यक्ष पोष्टबहादुर बोगटीकी श्रीमति हुन् । श्रेष्ठ राजनीतिक विश्लेषक हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।