काठमाडौं, ३१ असोज, पहिचानसहितको संघीयताका आधारमा संविधान बन्नुपर्ने र संविधान निर्माण कार्य सहमतीय विधिबाट हुनुपर्ने माग राख्दै आन्दोलनका कार्यक्रम गर्दै आएको २२ दलीय मोर्चाले आज राजधानीमा सभा गर्ने भएको छ । 

एमाओवादीको नेतृत्वमा रहेको मोचाले विगत केही दिनदेखि देशका विभिन्न भागमा विरोधसभा तथा  ¥याली गर्दैै आएको थियो ।  विरोधसभा दिउसो १ बजेबाट खुलामञ्चमा हुने जानकारी मोर्चाले दिएको छ । सभा अधि १२ बजेबाट राजधानीका भृकुटीमण्डप,त्रिपुरेश्वर,जमल, बसन्तपुर लगायतका स्थानबाट ¥याली निकालिने सर्कुलर मोर्चाले गरेको छ । 
आज हुने सभाबारे जानकारी दिन मोर्चाले बिहीबार एमाओवादी मुख्यालय पेरिसडाँडामा  पत्रकार सम्मेलन गरेको थियो ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।