असोज २८ । ९२ वर्षको उमेरमा जनकवि केशरी धर्मराज थापाको निधन भएको छ ।
स्वयम्भुस्थित आफ्नै निवासमा उनको निधन भएको हो। 
हरियो डाँडामाथि हलो जोत्‍ने साथीुलगायत कयौं गीत गाएर नेपाली संगीत क्षेत्रमा योगदान पुर्‍याएका उनको पोखराको बाटुलेचौरमा १९८१ सालमा जन्म भएको थियो ।
थापाले २०१३ सालमा राजा महेन्द्रबाट जनकवि केशरीको उपाधि पाएका थिए। 
उनको पार्थिव शरीरलाई अन्तिम श्रदाञ्जलीका लागि आजै प्रज्ञा भवनमा राखिनेछ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।