देश विखण्डन गर्न खोज्ने केही तत्वदेखि सहज रहनुपर्छ : नेता खाँण

भक्तपुर, २ असोज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले अहिले देश विखण्डन गर्न खोज्ने केही तत्व सक्रिय रहेकाले त्यस्ता तत्वदेखि सजग रहनुपर्ने बताएका छन् ।

सर्वोच्च नेता गणेशमान सिंहको १७ औँ स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस भक्तपुरले आयोजना गरेको प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले केही तत्व नेपाल खण्डित गर्न अर्को देश बनाउँछौँ भन्नेहरू रहेकाले तिनीहरूबाट सजग रहनुपर्छ भने ।

अहिले अनेक कोणबाट संविधान बन्न नदिने चलखेल भए पनि नयाँ संविधान आउन अब कसैले रोक्न नसक्ने बताउँदै उहाँले सबै नागरिकको इच्छा र चाहनाअनुरूप लोकतान्त्रिक संविधान निर्माण गर्न सबै लाग्नुपर्नेमा जोड दिए ।

खाँणले काँग्रेसभित्र पद र सत्ताको लोभ छ भन्ने आरोप रहेकाले यस्तो आरोपलाई चिरेर बिपी र गणेशमानले जस्तो त्याग गर्नुपर्ने नेता खाँणले खाँचो औँल्याए ।

राणाकालदेखि २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंहले जनताका लागि गरेको बलिदान र त्यागलाई सबैले सदैव सम्झनुपर्ने उनले बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।