पुरुष हिंसा भएको भन्दै अदालतमा मुद्दा दर्ता

असोज २ । मोरङ जिल्ला अदालतमा पहिलोपटक पुरुष हिंसाको मुद्दा दर्ता भएको छ । 
श्रीमती र छोराछोरीबाट घरेलु हिंसा भोग्नुपरेको भन्दै विराटनगर १९ का खेम लोहनीले मोरङ जिल्ला अदालतमा पहिलोपटक मुद्दा दर्ता गराएका हुन् ।
  
स्थानीय सनराइज बोडिङ स्कुलका सञ्चालक ५४ वर्षीय लोहनीले ४५ वर्षीया पत्नी सुधा लोहनी, छोराहरू २८ वर्षीय रविराज २६ वर्षीय बिप्रव र २३ वर्षीया छोरी अदैतालाई प्रतिवादी बनाएका छन् ।
लोहनीले श्रीमती सुधा र छोराछोरीले आफूलाई हेलाहोचो गरेको, मानसिक यातना दिई खान लगाउन नदिएको आरोप लगाएका छन् । उनी हाल घर परिवारमा बस्न नसकेको भन्दै अलग्गै बस्दै आएका छन् । 
आफूले धनसम्पत्ति खर्चेर छोराछोरीलाई गुणस्तरीय विद्यालयमा उच्च शिक्षा पढाएको तर छोराछोरीले पनि आमासँग लागेर आफूलाई हिंसा गरकाले न्यायका लागि मुद्दा दर्ता गराउन बाध्य भएको लोहनीले बताए ।
गत साउन १२ गते पहिलोचोटी घरेलु हिंसा शीर्षकमा दर्ता भएको उक्त मुद्दा दर्ता भएको रेकर्ड पहिलो जिल्ला अदालत मोरङले जनाएको छ । रासस 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।