इटहरी, २ असोज । लामो समयदेखि प्रहरीको खोजीको सूचीमा रहेका सुनसरी जिल्लाको हाँसपोसा गाविस–२ तरहराका मुकेश बस्नेतलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी तरहराको टोलीले बस्नेतलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । बस्नेत विभिन्न आपराधिक गतिविधिमा संलग्न भई फरार रहँदै आएका थिए । २५ वर्षीय बस्नेत विशेष गरी गुण्डागर्दीमा संलग्न रहँदै आएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङ निकट रही बस्नेतले तरहरा र आसपासको क्षेत्रमा गुण्डागर्दी गर्दै आएका थिए । पक्राउ परेका बस्नेतका सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले बताएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।