बलिउडमा दीपिका पादुकोणे शालीन नायिका मानिन्छिन्। उनका बारेमा अनेकन चर्चा हुने गर्छ। कहिले प्रेम, कहिले रोमान्स। कहिले ग्ल्यामरस छवि त कहिले सेक्सी बडी। सञ्चारकर्मीले जस्तोसुकै जिज्ञासा राखे पनि हाँसेर सही तर्कसहित जवाफ दिन खप्पिस छिन् उनी।

तर, अहिले उनको एउटा ‘कमेन्ट’ले बलिउडमा तरंग ल्याइदिएको छ। यो विषयले बलिउडको भूगोल नाघिसकेको छ। सामाजिक, राजनीतिक सबै क्षेत्रमा बहसको विषय बनेको छ।

आखिर यति शक्तिशाली कमेन्ट के गरिन् त दीपिकाले? केही दिनअघि एक पत्रिकाले दीपिकाको भिडियो ट्विटर सेयर गर्दै ‘ओ माई गड, दीपिका पादुकोणे क्लिभेज शो’ लेखेपछि दीपिकाको रिसको पारो चढेको हो।

उनले उक्त पत्रिकाप्रति व्यंग्य गर्दै, ‘यो पनि समाचार हो?’ भनेर प्रश्‍न गरेकी छन्। उनले ‘हो म महिला हुँ। मेरो स्तन छ। मेरो क्लिभेज छ। तपाईंलाई समस्या? महिलालाई सम्मान गर्न आउँदैन भने महिला सशक्तीकरणका बारेमा कुरा गर्न बन्द गर्नुस्’ भनेर खरो कमेन्ट गरेपछि सर्वत्र उनको प्रशंसा हुन थालेको हो । – अन्नपूर्णबाट

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।