काठमाडौं १ असोज । चिनियाँ राष्ट्रपति सि जिनपिङ बुधबार भारत पुग्दैछन् र उनी भारतीय प्रधानमन्त्रीको जन्मदिनको समारोहमा सहभागी हुनेछन् ।

    बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ६४ औँ जन्मदिन हो । चिनियाँ राष्ट्रपति सि उक्त जन्मदिनका अवसरमा भारतीय प्रधानमन्त्री मोदीले दिने रात्रिभोजमा सहभागी हुनेछन् ।

    प्रधानमन्त्री मोदीले आफ्नो जन्म दिनको अवसरमा कुनै खर्चिलो वा औपचारिक समारोह तय गरेका छैनन् तर उनको जन्म दिनको यस शुभअवसरमा दुई देशका सरकार तथा राज्य प्रमुखहरुलेसँगै रात्रिभोज गर्ने अवसर भने जुरेको छ ।

    सो रात्रिभोजको आयोजना भारतको अहमदावाद सहरमा गरिएको छ । भारतीय ऐतिहासिक सहर अहमदावादमा राष्ट्रपति सिको स्वागतका लागि विशेष तयारी गरिएको समाचारमा जनाइएको छ ।

    मोदीको गृहनगर गुजरातको प्रमुख सहर अहमदावादमा उहाँको जन्मदिन मनाउने कार्यक्रमको आयोजना गरिएको छ ।

    चिनियाँ राष्ट्रपति सि दक्षिण एसिकयाको भ्रमणका क्रममा बुधबार श्रीलङ्काबाट भारत जाँदै छन् । उनी चीनको राष्ट्रपति निर्वाचित भएपछि पहिलो पटक भारत भ्रमणमा जान लागेका हुन् । एजेन्सी

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।