काठमाडौँ, १ असोज । नेपाल खाद्य संस्थानले दसैँमा उपत्यकावासीका लागि तीन हजार ४ सय खसी, बोका ल्याउने तयारी गरेको छ ।
   
    संस्थानअन्तर्गतका कार्यालयहरूले कृषकहरूसित खसी, बोका सङ्कलन गर्ने कार्य सुरु गरिसकेको संस्थानका महाप्रबन्धक शिवहरि श्रेष्ठले जानकारी दिए ।

    महाप्रबन्धक श्रेष्ठले यस वर्ष हिमाली जिल्लाका उत्पादनहरू पनि संस्थानले किन्ने तयारी गरेको जानकारी सञ्चारकर्मीलाई दिए ।

    आयात गरिएका खसी, बोका संस्थानको थापाथलीस्थित कार्यालयबाट बिक्री वितरण हुने बताइएको छ

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।