भदौ १ । एकीकृत नेकपा माओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले चिलिमे जलविद्युत आयोजनाका प्रमुख कुलमान घिसिङलाई हटाउनु गम्भीर गल्ति भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत पूर्व प्रधान तथा अर्थमन्त्री भट्टराईले उर्जा मन्त्रालयले कम्पनी आयोजनाका प्रमुख घिसिङ र चिलिमे विकास मोडेललाई नै भत्काउने काम गम्भीर भएको भन्दै त्यसको सबैले विरोध गर्नुपर्ने पनि बताएका छन् ।

सर्वसाधरणको लगानीमा चिलिमेको अन्डरमा रहेर धमाधम आयोजनाहरुको काम अघि बढिरहेको अवस्थामा मन्त्रालयले भने घिसिंगलाई घटाउने निर्णय गरेको थियो । त्यसको चौतर्फी विरोध रहँदै आएको छ भने स्थानीयले भने विरोधमा आयोजनाको काम नै अघि बढ्न दिएका छैनन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।