सान्टीयागो, २१ पुस 
चिलीमा सन् २०१७ मा ८ हजार ९४ पटक भूकम्पका सानाठूला धक्का आएको महसुस भएको छ । उक्त सङ्ख्या सन् २०१० यताको सबभन्दा उच्च रहेको राष्ट्रिय भ–ूभर्ग केन्द्रले बिहीबार जानकारी दिएको छ । चिलीमा भूकम्पका धक्काहरु धेरै आउने गर्दछन् । 
भूकम्प गएको यो सङ्ख्या सन् २०१६ भन्दा २६ प्रतिशत र सन् २०१५ भन्दा २५ प्रतिशतले बढी भएको पनि उक्त केन्द्रले बताएको छ । 
चिली विश्वको तुलनामा बढी नै भूकम्प जाने देशमा पर्दछ । चिलीमा सन् २०१५ मा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।