पौष २१, काठमाडौँ
चर्चित हास्यव्यङ्ग्य टेलीश्रृङ्खला ‘भद्रगोल’का चर्चित हास्यकलाकार सागर लम्साल ‘बले’ तथा अहिलेकी निक्कै
 रुचाईएकी मोडल स्नेहा पौडेलको अभिनय रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। 
“काग दाजै काग दाजै” बोलको गीतको म्युजिक भिडियोमा सागरलाई अहिलेकी रुचाईएकी मोडल स्नेहा पौडेलले साथ दिएकी छिन्। 
लोक गायिका मञ्जु पौडेलको ‘तिमी लाईटर म भाको चुरोट’बोलको गीतबाट मोडलिङ करिअरको सुरुवात गरेकी मञ्जु पछिल्लो समय ‘योर स्टाईल’ टिभीले बनाएको वेबसिरिज ‘हाम्रो हाईस्कुल’ मा पनि देखिएकी थिइन्।
ध्रुब विश्को र सरु गौतमको स्वर रहेको गीतमा भिम बिसीको शब्द तथा संगीत रहेको छ। बाबु प्रधानको संगीत संयोजनमा बनेको गीतको भिडियोमा सियोन श्रेष्ठको कोरियोग्राफी रहेको छ। उत्सव दहालको छायांकन रहेको म्युजिक भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन्। पुल्चोक क्याम्पस र गौशलाको राममन्दिरमा छायांकन गरिएको गीतको भिडियोमा कुमार कट्वालको निर्माण तथा युवराज वाईवाको निर्देशन छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।