काठमाडौं, २३ साउन । व्यवस्थापिका–संसद्को आजको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले रुकुमबाट नेपालगन्जतर्फ आइरहेको ना४ख ५१६७ नम्बरको बसभित्र रुकुमकी १८ वर्षीय किशोरीमाथि अनुचित कार्य गर्नमा संलग्न पाँच अभियुक्तलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

उनले पक्राउ पर्ने सुमन बिसी, अजीव सुनार, हरि खड्कालगायत पाँचै जनाविरुद्ध जबर्जस्ती करणीको मुद्दा दायरसमेत भएको जानकारी दिए । उनका अनुसार साथी संस्थाको सहयोगमा आश्रय दिई किशोरीको उपचार भइरहेको छ ।

यसैगरी, धादिङ भीमढुङ्गा–६ नर्सरी सामुदायिक वन छेउ सडकमा प्रहरीसँगको मुठभेडमा परी मृत्यु भएका दिनेश अधिकारी विभिन्न अभियोगमा पक्राउ परिसकेका व्यक्ति रहेको जानकारी पनि उनले सदनलाई दिए ।

गृह मन्त्रालयले यस घटनाबारे छानबिन गरिरहेको पनि उनले बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।