इलाम, २३ साउन । पूर्वी इलामको सूर्याेदय नगरपालिका–९ बरबोटेस्थित एक घरमा आज बिहान ९:३० बजे आगलागी हुँदा रु ३५ लाख बराबरको क्षति भएको छ ।
घनेन्द्रमाया भण्डारी (कार्की) को घरमा अचानक विद्युत सर्ट भई आगलागी हुँदा घरभित्र रहेका लत्ताकपडा र धनमाल जलेर नष्ट भएको छ ।
आगो स्थानीय बासिन्दा र प्रहरीको सक्रियतामा ११ बजे नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । टिनको छाना भएको दुईतले उक्त घरमा अदुवा, आलुलगायतको गोदाम समेत रहेको प्रहरीले जनाएको छ ।
आगलागीमा मानवीय क्षति भने नभएको प्रहरी निरीक्षक कवीन्द्रकुमार कार्कीले जानकारी दिए ।