साउन १९ । नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले अब नेपालमा आफ्नो पार्टीको  युद्धको चाहना नभएको बताएका छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)द्वारा  २०७० सालको एसएलसी परीक्षामा उत्कृष्ट सामुदायिक विद्यालय तथा विशिष्ट श्रेणी प्राप्त गर्न सफल विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रममा  उनले वर्तमान सरकार र एकीकृत नेकपा (माओवादी)का नेतासँग दशवर्षे जनयुद्धबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न आफ्नो पार्टीले छलफल गरिरहेको जानकारी दिए ।

सरकार र  निजी संस्थाबाट दिइने शिक्षा समानस्तरको हुुनुपर्छ–उनले भने ।

अनेरास्ववियु(क्रान्तिकारी)का अध्यक्ष शरद रसाइलीले शिक्षामा गुणस्तरीय पाठ्यक्रमको समावेश हुनुपर्नेमा जोड दिए । कार्यक्रममा ललितपुरका उत्कृष्ट सामुदायिक विद्यालय आदर्श सौल उमावि, श्रीकृष्ण उमावि, वाणीविलास उमावि, सिस्नेरी उमावि, प्रभात उमावि, श्रृङ्गेरी सामुदायिक मावि, जनक मावि, त्रिपद्म विद्याश्रमलगायतलाई सम्मान गरिएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।