अपडेटः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथको विशेष पुजा गरेका छन् ।
पशुपतिमा प्रधानमन्त्री मोदीले २ हजार ५ सय केजी चन्दन चढाएका छन्। जसको मूल्य झन्डै ३ करोडको छ।
साथै उनले पशुपति मन्दिरका लागि २५ करोड भारतीय रुपैयाँ पनि सहयोग गरेका छन्।
पशुपतिनाथबाट बाहिरिने क्रममा उनले मन्दिर परिसरमा उपस्थितत सर्वसाधाराणलाई अभिवादन गरेका थिए । पशुपतिको विशेष पुजापछि उनी होटल हृयातमा प्रस्थान गरेका छन्।
उनले आज राष्ट्रपति डा. रामवरण यादवसहित विभिन्न दलका नेताहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ । साँझ आजै उनी स्वदेश फर्कने छन् ।
साउन १९ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले पशुपति मन्दिर पुजाआजामा व्यस्त छन् ।
केही समय अगाडी त्यहाँ पुगेका उनलाई ब्रामणहरुले वेद पढेर स्वागत गरेका छन् । उनले मन्दिरको दर्शन गरेर विशेष पूजा गरीरहेका छन् । उनले मन्दिरमा पञ्चामृत चढाएका छन् । उनले मुट भट्ट गणेशबाट करिव ४५ मिनेट विशेष पूजा गर्नेछन्।
मोदीको दर्शनका लागि पशुपति क्षेत्र विकास कोषले त्यहाँ विशेष व्यवस्था गरेको छ। साढे ७ बजेदेखि अन्य भक्तजनलाई पूजा गर्न रोक लगाइएको छ।
दर्शनपछि उनको विभिन्न नेताहरुसँग भेटघाटको कार्यक्रम रहेको छ । आजै बेलुकी उनी स्वदेश फिर्ता हुनेछन् ।