भारतीय प्रधानमन्त्री मोदीले पशुपति विकासका लागि भारु २५ करोड दिने

काठमाडौँ, १९ साउन । नेपालमा भ्रमण रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले  पशुपति क्षेत्रको बृहत् भौतिक पूर्वाधार विकासका लागि भारु २५ करोड सहयोगको प्रतिबद्धता गरेका छन् ।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा गोविन्द टन्डनले नेपालस्थित भारतीय राजदूतावासमार्फत आफूलाई सो जानकारी आएको पत्रकारहरुलाई बताएका हुन् ।

साउने सोमबारेका अवसर पारेर भारतीय प्रधानमन्त्री मोदी पशुपतिमा विशेष पूजा गर्न केहीबेर अघि मन्दिरमा प्रवेश गरिसकेका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।