काठमाडौँ, पौष २०
नायक नाजिर हुसेन र  नायिका केकी अधिकारीको मुख्य अभिनय रहेको ‘राज्जा रानी’को बुधबार प्रिमियर गरिएको छ। काठमाडौंको राइजिङ महलमा रहेको क्युज सिनेमामा गरिएको प्रिमियरमा नेकपा एमालेका नेता लालबाबु पण्डित तथा उनकी श्रीमतीको  समेत उपस्थित रहेको थियो । 
दाइजो प्रथाको विषय समेटिएको फिल्म राज्जा राकनी नेपालगन्जमा छायांकन गरिएको हो । पुरै फिल्म हेरेका पण्डिले फिल्मको प्रशंसा गरेका छन् ।फिल्ममा नाजिरले राज्जा र केकीले रानीको भूमिकामा अभिनय गरेका छन्। फिल्मको गीत चिपक चिपक यसअघि नै चर्चित भइसकेको छ। 
याम थापाको लेखन तथा निर्देशन रहेको फिल्म राज्जा रानीमा नाजिर र केकीसँगै कामेशवर चौरसिया, दिपक क्षेत्री, लक्ष्मी बर्देवा, संगिता नापित लगायतको अभिनय रहेको छ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।