साउन ९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुटवल इलाका प्रहरी कार्यालयका डीएसपी दिनेशकुमार आचार्यलाई निलम्बन गर्न आदेश दिएको छ ।
घुस लिएको आरोपमा पक्राउ परेका प्रहरी सहायक निरीक्षक रामप्रसाद पौडेलले कार्यालय प्रमुख डीएसपी आचार्यको निर्देशनमा आफूले घुस लिएको बताएपछि अख्यितारले प्रहरी प्रधान कार्यालयलाई यस्तो निर्देशन दिएको हो ।

ऋणी भागेको उजुरी परेकोमा अनुसन्धानका लागि पक्राउ गरिएका ऋणीको जमानी बसेका व्यक्तिबाट डेढलाख घुस लिएको अभियोगमा डीएसपी आचार्यलाई निलम्बन गर्न निर्देशन दिइएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।