वैशाख २३ – नेकपा–माओवादीले आगामी १० देखि १५ असार गतेसम्म पार्टीको राष्ट्रिय सम्मेलन काठमाडौ“मा गर्ने भएको छ ।
माओवादीको २१ र २२ वैशाखसम्म बसेको पोलिटब्युरोको बैठकका निर्णय मंगलवार सार्वजनिक गर्दै अध्यक्ष मोहन वैद्यले राष्ट्रिय सम्मेलनको तयारीमा पार्टी लागेको जानकारी दिए । बैठकले आगामी असार ८ गते हुन लागेको उपनिर्वाचनसमेत बहिस्कार गर्ने निर्णय गरेको छ । अध्यक्ष वैद्यले सैद्धान्तिक, राजनीतिक तथा साङगठनिक आधारमा एमाओवादीलगायतका दलहरुसग एकताका लागि पहल गर्न पार्टी पदाधिकारीलाई जिम्मा दिने निर्णय बैठकले गरेको जानकारी दिए ।
गत मङसिर ४ गतेको निर्वाचन बहिष्कारका दौरान ताप्लेजुङलगायत विभिन्न जिल्लामा आङ्खना नेता र कार्यकर्तामाथि लगाइएका मुद्धालाई खारेज गर्न पनि अध्यक्ष वैद्यले माग गरे ।
आन्दोलनका कार्यक्रम घोषणा
माओवादी पोलिटब्युरो बैठकले राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित कतिपय महत्वपूर्ण विषयलाई उठाउँदै आन्दोलन अगाडि बढाउने निर्णय गरेको छ ।
आन्दोलनका कार्यक्रमअनुसार जेठ ५ गते सर्वपक्षीय राजनीतिक सभाको मागमा सहमत हुने राजनीतिक दलसहित सरकारलाई ज्ञापनपत्र बुझाउने, जेठ ७ गते शान्तिवाटिकामा उपत्यकास्तरीय बेपत्ता योद्धा स्मरण्ँ दिवस मनाउने र जेठ १४ गते संविधानसभा विघटन गरिएको दिनको विरोधमा राजधानीमा बृहत् जनप्रदर्शन गर्ने रहेको छ ।
त्यसैगरी, जेठ २५ गते माथिल्लो कर्णाली, अरुण्ँ तेश्रो, कोसी उच्च बाँध तथा माथिल्लो मस्र्याङदी आयोजनास“ग सम्बन्धित जिल्लाहरुमा विरोधका कार्यक्रम गर्ने, जेठ ३० गते मल, बीउ, कृषि औजारलगायत विषयलाई लिएर किसान सङघको तर्फबाट सबै जिल्लाका प्रशासन कार्यालयमा ज्ञापनपत्र दिने कार्यक्रम छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।