वैशाख २३ । एकीकृत नेकपा माओवादीका पूर्व उपाध्यक्ष डा. बाबुराम पक्षधर केन्द्रीय समितिले विराटनगरको केन्द्रीय समिति बैठकमा
केन्द्रीय समितिमा बस्न बहिस्कार गरेका छन् ।

भट्टराई पक्षीय नेताहरु केन्द्रीय समितिमा नबसे पनि अध्यक्ष पुष्पकमल दाहाल पक्षले भने ९९ सदस्यीय केन्द्रीय समिति गठन गरेका छन् ।

सम्मानजक बाँडफाँड नभएको भन्दै नेता बाबुराम भट्टराई पक्षीय नेताहरुले नबस्ने घोषणा गरेको बताइएको छ ।

भट्टराई र अर्का नेता टोप बहादुर रायमाझीले हलमै आफूहरु केन्द्रीय कमिटीमा नबस्ने घोषणा गरेका थिए ।

नेता बाबुराम भट्टराईसहित उनी निकट नेता टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, खिमलाल देवकोटा, गंगा श्रेष्ठ, हिसिला यमी र बामदेव क्षेत्रीले केन्द्रीय कमिटीमा नबस्ने घोषणा गरेका हुन् ।

बाबुराम पक्षीय नेताहरु नै केन्द्रीय समितिमा नबसे पछि एमाओवादी भित्रको विवाद भने झनै उचाईमा पुगेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।