काठमाडौं २ फागुन
नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

एमाले स्थायी कमिटीको आज बसेको बैठकले अध्यक्ष ओलीलाई आगामी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

ललितपुरको मानभवनस्थित एक निजी घरमा बैठक बसेको थियो । बैठकमा माओवादी केन्द्रका अध्यक्षसँग भएको भेटबारे ओलीले जानकारी समेत गराएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।