काठमाडौं ३ फागुन
नेकपा एमाले अध्यक्ष ४१ प्रधानमन्त्रीका रुपमा नियुक्त भएका छन् । उनलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्री नियुक्त गर्दाको अवस्थामा भने त्रुटी भेटिएको छ । संविधानतः राष्ट्रपतिले गल्ती नगरेको भएपनि ओली संसदीय दलको नेता नै नभएको अवस्थामा प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
एमालेले पनि पार्टीको विधि विधान तथा मुल्य मान्यता मिचेर ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा राष्ट्रपति समक्ष दाबी पेश गरेको थियो ।

प्रदेश सरकार गठनका क्रममा अन्यलाई संसदीय दलको नेता बनेपछि मात्र मुख्यमन्त्रीका लागि प्रक्रिया अगाडी बढाइए पनि ओलीलाई भने संसदीय दलको नेता नै नचुनि प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारिएको थियो । सामाजिक सञ्जालमा यो कार्यलाई हतासको कार्यको संज्ञा दिएका छन् भने नीति नियमको खिल्ली उडाएको भनेर आलोचना समेत भएको छ ।

मिति नै गल्ती
राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेको मितिमा नै गल्ति भेटिएको छ । आज मिति २०७४/११/३ गते लेख्नुपर्नेमा २०७३ साल लेखिएको छ । अन्तिमको मिति भने सही नै लेखिएको छ । राष्ट्रपतिका कार्यलयका प्रवक्ता कुल प्रसाद चुडालद्धारा हस्ताक्षरित विज्ञप्तिमा भुलबस यस्तो हुन गएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।