काठमाडौं ८ फागुन
नेकपा माओवादी केन्द्रबाट सरकारको नेतृत्व पार्टी बरिष्ठ नेता रामबहादुर थापा बादलले गर्ने भएका छन् ।
पार्टी संसदमा अध्यक्ष पुष्पकमल दाहालपछि दोस्रो बरियतामा उनी रहेकाले उनकै नेतृत्वमा माओवादी सरकारमा सहभागी हुने देखिएकाे हाे । यसअघि पार्टीले राष्ट्रपतिको रुपमा बादललाई उठाउने तयारी गरेको थियो । तर, राष्ट्रियसभामा निर्वाचित भएपछि अब सरकारको नेतृत्व गरेर जाने भएका हुन् ।
पार्टीभित्र बादलको नेतृत्वमा सरकारमा जाने लगभग टुंगो जस्तै लागे पनि निर्णय हुन भने बाँकी छ । पार्टी प्रवक्ता पम्फा भुुसालले अहिले कसकाे नेतृत्वमा जाने भन्ने कुनै निर्णय भईनसकेको जानकारी दिइन् । अध्यक्ष प्रचण्ड चितवनबाट आजै फर्कन साथ छलफल गरेर टुंग्याइने उनकाे भनाइ छ ।
अध्यक्ष प्रचण्डले आजै मात्र दुई जना मन्त्री पठाइने जनकारी दिएका थिए ।