काठमाडौं ८ फागुन
नेपाली कांग्रेसले राष्ट्रपतिले एउटा सरकारलाई एउटा चश्मा र अर्को सरकारलाई फरक चश्माले हेरेको आरोप लगाएको छ ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वले राष्ट्रिय सभा सदस्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस ३ जनाको नाम अस्वीकार गरेर नयाँ सरकारले सिफारिस गरेका नाम अनुमोदन गरेपछि कांग्रेसले यस्तो जनाएको हो ।

कांग्रेस पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गरेर ५६ जना एउटा सरकारले चयन गर्ने र बाँकी तीन जना अर्को सरकारले गर्ने भन्ने नहुने बताए । उनले राष्ट्रपतिले संविधानको उल्लंघन गरेको समेत बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।