काठमाडौं ११ फागुन
नेकपा माओवादी केन्द्रले पार्टी सचिवालय सदस्य गोपाल किराती, विश्वप्रकाश दुलाल आहुती र लोकेन्द्र विष्ट मगरलाई कारबाही गरेपछि किरातीले उल्टै पार्टी अध्यक्ष प्रचण्डलाई कारबाही गरेका छन् ।

नेकपा माओवादी केन्द्रलाई उनले दाहाल एण्ड कम्पनिको संज्ञा दिएका छन् ।

नेकपा (माओवादी केन्द्र) को संयोजकका रुपमा एक विज्ञप्ति जारी गर्दै उनले एमालेकरण भइसकेको दाहाल एण्ड कम्पनी माओवादी केन्द्रमा नरहेको समेत उल्लेख गरेर उल्टै कारबाही गरेका हुन् ।

हिजो बिहीबार बसेको पार्टी सचिवालय बैठकले उनीहरुलाई पार्टीमा नरहेको सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णय मिडियामा आएलगत्तै किरातीले विज्ञप्ति जारी गरेका हुन् । हेर्नुहोस् उनको विज्ञप्तिको पूर्णपाठ

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।