काठमाडौं १३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मनोनित गरेका तीन राष्ट्रियसभा सदस्यको सपथ रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । राष्ट्रियसभा सदस्यमा मनोनित डा। युवराज खतिवडा, रामनारायण विडारी र डा। विमला पौडेलको सपथ रोक्न सर्वोच्चले आदेश दिएको हो ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले छलफलबाट टुंगो नलागेसम्म तीन जनाको सपथ रोक्न भनेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा सरकारले कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई मनोनित गर्न सिफारिस गरेको थियो । नयाँ सरकार बने लगत्तै पुरानो निर्णयलाई खारेज गरेर नयाँ नाम राष्ट्रपति समक्ष पठाइएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सिफारिस सदर गरेकी थिइन् । प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको सपथ २० गते हुँदैछ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।