काठमाडौं १६ फागुन
नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवाविरुद्ध असन्तुष्टि झनै बढेर गएको छ । नेतृत्वको असक्षता र असफलताका कारण कांग्रेस पराजित भन्दै आलोचित बन्दै आएका देउवालाई संसदीय दलको नेतामा रोक्न कांग्रेसका नेताहरु लागेका छन् ।

देउवाको कार्यशैलीकै कारण पार्टीभित्र असन्तुष्टि बढेपछि कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन हुन सकेको छैन । अब संसदीय दलको नेता २१ फागुनमा निर्वाचनमार्फत टुंगो लाग्ने भएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मंगलबार संसदीय दल निर्वाचन समितिको बैठकले २१ गते अपराह्न ४ बजे संघीय संसद्को बैठक बस्नुभन्दा अगाडि निर्वाचन गर्ने कार्यतालका सार्वजनिक गरेको छ ।

देउवालाई टक्कर भने पूर्वमहामन्त्री प्रकाशमान सिंहले दिँदैछन् । गणेशमान सिंहका छोरा समेत रहेका प्रकाशले देउवालाई रोक्न कोसिस जारी राखेका छन् । प्रकाशलाई रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला लगायत नेताको राम्रो समर्थन रहेको छ ।
कांग्रेसले चुनावबाट नै संसदीय दलको नेता चुन्दा देउवाले जित्ने सम्भावना रहे पनि पार्टीभित्र उनको आलोचना भने चुलिदैं गएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।